युवा संघ को बारेमा

नवीनता, सृर्जनशीलता, गतिशिलतासहित परिवर्तन, निर्माण र युवा शक्तिको तेजलाई प्रतिनिधित्व गर्ने मुलुकको अग्रणी राजनीतिक संगठन हो, राष्ट्रिय युवा संघ नेपाल । संविधान, प्रचलित कानुन र अन्तर्राष्ट्रिय सन्धीहरुले प्रत्याभूत गरेका युवाहरुका हित र अधिकारलाई स्थापित गर्दै उनीहरुको सामाजिक–आर्थिक रुपान्तरणको अग्रणी शक्तिका रुपमा यस संगठनले आफूलाई अग्रपंक्तिमा उभ्याएको छ । 
युवाहरुको अग्रणी भूमिकासहित नेपाली जनताले विभिन्न समयमा गरेका शान्तिपूर्ण आन्दोलन, सङ्घर्ष र क्रान्तिको जगमा निर्माण भएको नेपालको संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, विकास र सुदृढीकरणमा राष्ट्रिय युवा संघ नेपाल प्रतिवद्ध छ ।  
नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता, राष्ट्रिय हित र स्वाभीमानलाई बलियो बनाउँदै, सम्पूर्ण प्रगतिशील, देशभक्त, जनवादी युवाहरुलाई गोलबन्द गर्दै, जनताको बहुदलीय जनवादको मार्गदर्शनमा सबै खाले उत्पीडन, शोषण र विभेदलाई अन्त्य गरी सामाजिक न्याय र समानतामा आधारित ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय आकांक्षा साकार पार्ने उद्देश्य राष्ट्रिय युवा संघ नेपालले लिएको छ ।

लोकप्रिय समाचार