रास्ट्रिय युवा संघ नेपालको स्थापना

युवा संघ नेपालको जन्म हुनुभन्दा पहिले फरक-फरक पेशा तथा व्यवसाय गरेका संघ-संगठनहरू नभएका होइनन्। तर ती संघ संगठनहरूको कार्यक्षेत्र वा संगठन क्षेत्रको निश्चित सीमा बन्धन भएकोले समग्ररूपमा युवा समुदायव्यापी संगठन निर्माण गर्नु आवश्यक थियो। समाजका विविध वर्ग, पेशा, व्यवसाय, धर्म, जाति, क्षेत्र र लिंग आदिमा विभाजित युवाहरूलाई समेट्दै युवा समस्या, युवा आकांक्षा र युवा गतिशीलतालाई बुझ्ने क्षमता राख्नु र तिनलाई व्यवहारिक रूपमा कार्यान्वयनमा ल्याउनु युवाहरूको आफ्नो संगठनको माध्यमबाट मात्र सम्भव हुन्छ ।

अर्कोतिर ०४६ सालको ऐतिहासिक जनआन्दोलनले निर्दलीय तानाशाही पञ्चायती व्यवस्थाको अन्त्य गन्यो र बहुदलीय प्रजातान्त्रिक व्यवस्थाको सुत्रपात भयो। जनआन्दोलनबाट प्राप्त अधिकारको रक्षा गर्दै थप अधिकार प्राप्तिको लागि संघर्षरत रहन, प्रतिगामी र पुनरूत्थानवादी शक्तिहरूको भ्रमजालबाट समस्त युवाहरूलाई मुक्त पारी यथास्थितिवादका विरूद्ध जुझ्न एक सचेत, जागरूक र ऊर्जाशील, सुदृढ र संगठित युवा संगठनको आवश्यकता थियो । खासगरी निरंकुशतन्त्र र पंचायती तानाशाहीका विरूद्ध लामो समयदेखि संघर्षरत तथा ०४६ सालको जनआन्दोलनमा सक्रिय। भूमिका खेलेका आन्दोलनकारी युवाहरूलाई समेटेर स्पष्ट वैचारिक दिशाबोध भएको संगठन निर्माण गर्नु अपरिहार्य थियो । त्यस्तै पृष्ठभूमिमा युवा संघ, नेपालको २०४७ साल जेष्ठ १ गते तदनरूप मे १५, १९९० मा स्थापना भएको हो । नेकपा एमालेका वर्तमान अध्यक्ष एवं पूर्वप्रधानमन्त्री क. केपी शर्मा ओलीको नेतृत्वमा स्थापना भएको हालको रास्ट्रिय युवा संघ नेपालको नाम ' प्रजातान्त्रिक राष्ट्रिय युवा संघ' रहेको थियो ।

लोकप्रिय समाचार