छैटौं राष्ट्रिय सम्मेलन : २०६३ साल मंसिर १६-१८ विराटनगरमा छैटौ राष्ट्रिय सम्मेलन सम्पन्न भयो ने.क.पा.एमालेका तत्कालीन महासचिव माधवकुमार नेपालले लाखौं जनसमुदायको बीचमा उद्घाटन गर्नुभएको सम्मेलनले अजम्बर राई काङमाङको अध्यक्षतामा ७५ सदस्यीय समावेशी चरित्रको केन्द्रीय कमिटी निर्माण गर्यो ।